सुची
अनलाईन प्रयोगकर्ताहरु
» अनलाईन पाहुनाहरु: 2

» अनलाईन सदस्यहरु: 0

» कुल सदस्यहरु: 1
» नयाँ सदस्य: upadesh
अनियमित भिडियोहरु
नयाँ भिडियोहरु
हेरिएका भिडियोहरु
प्रवेश
प्रयोगकर्ता नाम

सुरक्षा कुंजी



के तपाईले दर्ता गर्नु भऐको छैन?
दर्ता गर्नलाई यहाँ क्लिक गर्नुहोस

के तपाईलाई आफ्नो सुरक्षा कुंजी याद छैन्?
नयाँ सुरक्षा कुंजीको लागी यहाँ क्लिक गर्नुहोस

Shoutbox
You must login to post a message.

07-12-2013 14:05
नमस्ते साथीहरु!

गुगलले बनाउँदै छ आँखाको नानीमा लगाउने लेन्स, जसले पत्ता लगाउने छ डायविटिज
गुगलले बनाउँदै छ आँखाको नानीमा लगाउने लेन्स, जसले पत्ता लगाउने छ डायविटिज

OnlineKhabar - नयाँ–नयाँ क्षेत्रमा आफुलाई बिस्तार गर्दै लगिरहेको इन्टरनेट बादशाह गुगलले मधुमेह पत्ता लगाउने नयाँ कन्ट्याक्ट लेन्स निर्माण गर्न लागेको छ ।

गुगलको आधिकारिक ब्लगमा जनाइएअनुसार उसले बिकाश गर्न लागेको कन्ट्याक्ट लेन्सले प्रयोगकर्ताको आँसुमा सुगरको मात्रा कति छ भन्ने मापन गरि हरेक सेकेण्डमा प्रयोगकर्तालाई जानकारी दिने छ ।

गुगलका अनुसार अहिले बिश्वमा हरेक १९ जनामध्ये एक जना सुगरका बिरामी छन् । रगममा सुगरको मात्रा बढेमा आँखा, मृगौला र मुटुमा समस्या हुनसक्छ । उनीहरुले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न निकै कष्ट बेहोर्नुपर्छ ।

गुगल एक्स ल्याबले अहिले एउटा स्मार्ट कन्ट्याक्ट लेन्सको बिकाश गरिरहेको जसले आँसुमा चिनीको मात्र कति छ भन्ने मापन गरिरहेको हुन्छ ।

यदि प्रयोगकर्ताको रगतमा चिनीको मात्रा तोकिएको मापदण्डभन्दा माथि जान लागेको अबस्थामा यो स्मार्ट लेन्सले पहिले नै चेतावनी दिने छ ।

‘यो प्रबिधिको बिकाश निकै प्रारम्भिक चरणमा छ, तर हामीले गरेका थुप्रै परिक्षणले एक सेकेण्डमा एकपटक परिक्षण गरि सूचना दिने देखिएको छ’ गुगलको आधिकारिक ब्लगमा भनिएको छ ।

आँखाको नानीमा लगाइने यस्तो स्मार्ट लेन्समा एउटा वायरलेस चिप्स र ग्लुकोज सेन्सर हुने छ जसले आँसुमा ग्लुकोजको मात्रामाथि निगरानी गर्ने छ ।

यसका लागि गुगलले यस्तो प्रबिधियुक्त कन्ट्याक्ट लेन्स बनाउने पार्टनरको खोजी गरिरहेको बताएको छ । यो प्रबिधि प्रयोगकर्तासम्म पुग्न अझै धेरै काम गर्न बाँकी रहेको उसले बताएको छ ।

गुगल एक्स गुगलको नयाँ युनिट हो जसले स्र्माट चस्मा, स्वचालित कार र इन्टरनेट बेलुनजस्ता नयाँ प्रबिधिको बिकाश गरिसकेको छ ।

Source: OnlineKhabar


कुनै टिप्पणीहरु प्रेशन गरिऐन।
टिप्पणी प्रेशन गर्नुहोस
नाम:

प्रमाणीकरण कोड:
प्रमाणीकरण कोड


श्रेणी निर्धारण
श्रेणी निर्धारण प्रयोगकर्तालाई मात्र उपलब्ध छ।

मत खसाल्नलाई कृपया लगईन गर्नुहोस अथवा दर्ता गर्नुहोस।

कुनै श्रेणी निर्धारण गरिऐको छैन।